|

मुगु : समुन्द्री सतहबाट दुई हजार नौ सय ७२ मिटर उचाइमा रहेको रारा यतिबेला हिउँले ढाकेर सेताम्य छ। सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किलोमिटर लम्बाइ र तीन किमि चौडाइमा फैलिएको १६७ मिटर गहिरो रारा आउने पर्यटक बढेका छन्।

रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ। रारा वरपर आन्तरिक पर्यटक हिउँमा रमाउने फोटो खिच्ने हिउँसँग लुकामारी गर्ने गरेका छन्। काठमाडौंबाट पहिलोपटक रारा घुम्न आएका विशाल हमालले पनि यस्तै अनुभव गरे।

‘रारा पुग्नेहरू सदरमुकाम गमगढी पनि ओर्लिन्छन्। रारामा पर्यटक बढे। स्थानीय व्यवसायीको आम्दानी पनि बढ्यो,’ बुद्ध गेष्ट हाउस गमगढीका सञ्चालक मनमान बुढाले भने। अचेल वर्षको हजारौँ आन्तरिक र बाह्य पर्यटक रारा पुग्छन्। पर्यटक बढे यता मुगुको आम्दानी वार्षिक ४० प्रतिशतले बढेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.