|

भक्तपुर : सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सृजनानगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

सृजनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाँगुनारायण नगरपालिका– ४ का२९ वर्षीय सहिद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। 

घाइते मोटरसाइकल पछाडि सवार २७ वर्षीय  शेबहादुर तामाङको उपचार डा.ईवामुरा अस्पताल सल्लाघारीमा भइरहेको छ। घटनाबारेमा अनुसन्धान भइरहेको  पोखरेलले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.