|

दैलेख : दैलेखको गुरास गाउँपालिका पिलाडीका ७५ वर्षे भीमबहादुर बुढाले आँगनमै बस आएपछि धेरै खुसी देखिन्थे आफूले अहिलेसम्म बस नदेखेको बताउने उनी विगतमा नेपालगंजबाट १५ दिनसम्म हिँडेर नुन बोकेर ल्याएको सम्झँदै उनले गाउँमा बस आएपछि धेरै समस्या समाधान हुने बताए।

गुराँस गाउँपालिकाको भीमचुलादेखि- ६ पिलाडीको बबौरामा पहिलोपटक बस सेवा सुरु भएको छ। ६ किलोमिटर कच्चि सडक निर्माण सम्पन्न भएपछि गाउँमा बस पुगेको  हो। बस पुगेसँगै यहाँ उत्पादन भएको तरकारी सहजै सुर्खेत दैलेख र नेपालगंजसम्म पुग्ने आशा किसानहरुले गरेको गुराँस गाउँपालिकाका – ६ का वडा अध्यक्ष हिम ओलीले बताए।

वडालाई कृषि पकेट क्षेत्रको रुपमा बिस्तार गर्न गाउँपालिकाले गत वर्षदेखि एक घर एक पोखरीको अवधारणा ल्याएको र गत बर्ष ४० वटा पोखरी निर्माण भएको र यो वर्ष वडामा ६० वटा पोखरी बनाउने तयारी रहेको वडा अध्यक्ष हिम ओलीले बताए। पाँच वर्ष भित्र ५ सय ४४ घर परिवारमा पोखरी निर्माण गर्ने र मौसमी बेमौसमी तरकारी उत्पादन गर्ने वडाको योजना  रहेको छ।

गुराँस गाउँपालिका तरकारी उत्पादनमा दैलेखको पहिलो गाउँपालिका हो। वर्षेनी करोडौको तरकारी उत्पादन हुने विभिन्न स्थान मध्ये गाउँपालिकाको –६ भिउँचुलामा पनि पहिलोपटक बस पुगेपछि तरकारी बोकेर बिक्रि गर्नुपर्ने समस्या समाधान भएपछि कृषकहरु खुसी देखीन्थे। दैलेख जिल्लाको गुरास गाउपालिकाका पिलाडी गोगनपानी गुराँसेलगायतका स्थानहरु वर्षेनी करोडौंको तरकारी उत्पादन हुने गर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.