|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज टेलिभिजन सम्बोधनमार्फत अमेरिकी सीमा क्षेत्रमा पर्खाल लगाउने विषयमा धारणा सार्वजनिक गरेका छन्। सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउने कुरामा अडिग रहेको बताएका हुन्। 

अमेरिकी सीमा क्षेत्रमा पर्खाल लगाउने विषयमा विवाद हुँदा दुई सातादेखि अमेरिका आंशिक बन्दको अवस्थामा रहेकै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरेका हुन्।  ट्रम्पले सीमामा देखिएको अवस्थाले भविष्यमा संकट निम्त्याउन सक्ने चेतावनी दिँदै संकटकाल लगाएरै भए पनि पर्खाल लगाउने धारणा राखे। यसैबीच ट्रम्प मेक्सिकोसँगको सीमा क्षेत्रमा बिहीबार जाने कार्यक्रम तय भएको ह्वाइट हाउसका अधिकारीहरुले जनाएका छन्। 

अमेरिकी संसदको तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्रयाट्सले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने राष्ट्रपतिको योजनामा बजेट पास गर्न अस्वीकार गरेपछि राष्ट्रपति तनावमा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.