|

इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाह अफ्रिकन वर्ष खेलाडी अवार्डबाट समानित भएका छन्। सेनेगलमा मंगलबार आयोजित एक विशेष कार्यक्रमबीच सलाह लगातार दोस्रो पटक वर्ष खेलाडीको अवार्डबाट सम्मानित भए।

इजिप्टका २६ वर्षीय सलाहले लगातार दोस्रो पटक अफ्रिकन वर्ष खेलाडी अवार्ड जित्ने क्रममा स्टार खेलाडीहरू सेनेगल तथा लिभरपुलका साडियो माने र गाबोन तथा आर्सनलका पेरिक एम्रिक आबुमियाङलाई पछि पारे। सलाहले यसअघि बिबिसी अफ्रिकन वर्ष खेलाडी अवार्डसमेत जितेका थिए।

सन् २०१८ मा राष्ट्र र क्लबमा गरेको प्रदर्शनको आधारमा सलाहले अवार्ड हात पारेका हुन्। गत सिजनमा ४८ गोल गरेका सलाहले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याएका थिए। यो सिजनमा पनि सलाहले उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। महिलातर्फ दक्षिण अफ्रिकाकी थेम्बी गाट्लानाले जितिन्। सलाह अफ्रिकन ड्रिम टिममा समेत अटाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.