|

सुरज भण्डारी

अमेरिका: राष्ट्रपति डोनाल्ट ट्रम्पले अवैधानिक आप्रवासनले गर्दा अमेरिकामा मानवीय संकट र  सुरक्षा संवेदनशिलता बढेको भन्दै त्यसका लागि अमेरिकाको दक्षिणी सिमामा पर्खाल लगाउनु आवश्यक रहेको पुनः दोहो¥याएका छन्। 

सिमामा पर्खाल लगाउनका लागि वजेट विनियोजित गर्न माग गर्दै आएका राष्ट्रपति ट्रम्पले मंगलावर देशवासीको नाममा सम्वोधन गर्दै आफ्नो पुर्व निर्णयमा पुर्नविचार नगर्ने संकेत दिएका हुन्। 

अमेरिकामा प्रत्येक साता ३ सय नागरिकको लागुपदार्थको सेवनले मृत्यु हुने गरेको बताउँदै राष्ट्रपति ट्रम्पले त्यसको ९० प्रतिशत लागुपदार्थ खुला सिमाका कारण  अमेरिकामा भित्रने गरेको जनाएका छन्। 

मानव तस्करी रोक्न र अपराधिक क्रियाकलापमा कमीगर्न पनि पर्खाल लगाउनु अनिवार्य रहेको दोहो¥याउदैं उनले त्यसका लागि सहयोग गर्न पनि जनतासमक्ष अनुरोध गरेका छन्। 

राष्ट्रपति ट्रम्पले पर्खाल लगाउने कुरा सबैं हिसावले सही रहेको दावी प्रस्तुत गर्ने क्रममा खुला सिमाका कारण अमेरिका छिर्न अवैधानिक उपाय अपनाउने काम भैरहेको र जसका कारण सिमाक्षेत्रमा महिला तथा बालबालिकाहरुमाथि अत्याचार हुने गरेको जनाएका छन्। 

उनले खुला सिमाको फाइदा उठाएर अवैधानिक रुपवाट अमेरिका आउनेहरुवाट वर्षेनी २० हजारको दरले अमेरिकामा सन्तान जन्माउने काम भैरहेको  तथ्यांक समेत प्रस्तुत गरेका छन्। 

सिमामा पर्खाल लगाउन राष्ट्रपति वजेट माग गरेका कारण अमेरिकी सरकारले पेश गरेको खर्च विधेयक अमेरिकी कंग्रेसवाट पाश हुनसकेको छैन । कांग्रेसमा डेमोक्र्याटको वहुमत रहेको छ। 

यता, डेमोक्रेटका अमेरिक सिनेटका नेता चुक सुमर र अमेरिकी कांग्रेसका सभामुख न्यान्सी पेलोसीले सिमामा पर्खाल लगाउने कुरा अमानवीय र अप्रजातान्त्रिक रहेको भन्दै त्यस विषयमा अड्डी नलिन राष्ट्रपतिलाई सुझाव दिएका छन्। 

साथै उनीहरुले तीन सातादेखि ठप्प भएको शटडाउन तत्काल खोल्न समेत माग गरेका छन्। तर राष्ट्रपति ट्रम्प आफ्नो माग जायज रहेकोमा अडिग रहँदै शटडाउन अमेरिकी इतिहास पहिलो पटक नभएको भन्दै अझ केही दिनसम्म आकस्मिक शटडाउनको सामनागर्न सरकार तयार रहेको जवाफ दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.