|

सिन्धुपाल्चोक : नेपालको २५ जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको तीव्र रुपमा काम भइरहेको। जुन सडकले करिब ३ सय बस्तीलाई जोड्दै ७५ लाखभन्दा बढी जनतालाई सहजता तुल्याउने अनुमान गरिएको छ। जसले मानिसको जीवस्तरमा सुधार ल्याउनेछ।

मध्यपहाडका जिल्लाको जीवनस्तर उकासिनै नसकिने गुनासो बढेपछि राष्ट्रिय यातायात नीति २०५८ मा मध्यपहाडी लोकमार्गको परिकल्पना गरिएको थियो। परिकल्पना गरेको ६ वर्षपछि आर्थिक वर्ष ०६४/६५ बाट निर्माण काम नै सुरु गरिएको छ।

निर्माणाधीन लोकमार्गमा अहिले कतै कालोपत्रे गर्ने काम, पुल निर्माण गर्ने, कतै स्तरोन्नति र कटान, सर्भे र डिजाइनका कामहरु धमाधम भइरहेका छन्। जसअनुसार सिन्धुपाल्चोकमा पनि सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ। निर्माणाधीन लोकमार्गले पहाडका गाउँ र शहरलाई नजिक बनाउँदै लगेको छ भने पहाडी क्षेत्रलाई एउटै मालामा उनेको भान भएको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.