|

भारतको महाराष्ट्रस्थित रत्नागिरीका माझहरू माछा देखेर अचम्ममा परेका छन्। उनीहरूले थापेको जालमा भीमकाय माछा परेको देखेर उनीहरू चकित परेका हुन्। जालमा परेको माछालाई बाहिर निकाल्नका लागि मोबाइल क्रेनको सहारा लिनु परेको थियो।

यो घटना रत्नगिरीको मिरकरवाडा बंदरगाहामा भएको हो। यहाँ माछा मारिरहेका माझीहरूका जालमा पाँच सयदेखि छ सय किलोग्रामसम्म वजन भएका ४ वटा माछा परे, जसलाई हेर्नका लागि मानिसहरूको बाक्लो भिड लागेको थियो।

यसअघि उक्त बंदरगाहामा ५० देखि ६० किलोग्रामसम्मको माछा भेटिने गरेका थिए तर यति ठूलो माछा भेटिएको यो पहिलो मौका भएको बताइएको छ। जालमा परेका चार माछामध्ये एकको १५ देखि २० हजार भारतीय रूपैयाँ पर्ने बताइएको छ। यस हिसाबले ती सबै माछाको ८० हजार भारतीय रुपैयाँ पर्ने बताइन्छ।

'सँधैजसो यसपटक पनि माछा मार्नका लागि हामी बंदरगाहामा पुगेका थियो। सधैँ १० देखि १५ केलीसम्मको माछा मार्ने गर्थौं' माझी रउफ रफिकले भने, 'हाम्रो जालमा ५०० देखि ६०० किलोसम्मको भीमकाय माछा परेको यो पहिलो पटक हो।'

उनले माछा उठाउनका लागि मोबाइल क्रेनको सहारा लिएको पनि बताए। 'हामीले माछा जालबाट बाहिर निकाल्नका लागि क्रेनको प्रयोग गर्नु पर्‍यो', उनले भने, 'पछि फ्याक्ट्रिमा लगेर जोख्दा २४०० किलोग्राम भएको पाइयो। यति ठूला माछा देखेर यस क्षेत्रका मानिसहरू अचम्ममा परेका छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.