|


काठमाडौं : काठमाडौं जिल्ला बचत तथा ऋण संघ (कास्कुन)को निर्वाचनका लागि गोविन्द काफ्ले समूहको उम्मेदवारी परेको छ। चार वर्षे नयाँ नेतृत्वका लागि काफ्लेको समूहबाट उपाध्यक्षमा कमलराज अधिकारी, सचिवमा रमिला श्रेष्ठ शाक्य, कोषाध्यक्षमा निरञ्जन सेढाइँको उम्मेदवारी परेको हो।

संचालकमा राजकुमार खड्का, ईश्वर सुनार, नारायण सापकोटा, पुष्कर सापकोटा, राजु खनाल, सुमन जिसी, रवीन्द्र श्रेष्ठ, कृष्ण खनालको उम्मेदवारी परेको छ।

त्यस्तै, संचालकमा अनिता अधिकारी, गीता रेग्मी, सीमा पुरीको उम्मेदवारी परेको छ भने सुवासचन्द्र घिमिरेको लेखा संयोजकमा उम्मेदवारी परेको छ। लेखा सदस्यमा विक्रम श्रेष्ठ र अर्जुन भट्टराईको उम्मेदवारी परेको छ।

उम्मेदवारी मनोनयनको समय बुधबार ३ बजेसम्म भए पनि कास्कुनको संचालक समितिको गणपूरक संख्या नपुगेको बैठकले नेकपा नेताको दबाबमा जबर्जस्ती दुर्ई घण्टा थप गरेको आरोप काफ्ले पक्षले लगाएको छ।

सहमतिको प्रयास गर्दा पनि प्रयास बीचमा नै रोकिन पुगेपछि सहकारीकर्मीहरू मिलेर काफ्ले नेतृत्वमा उमेदवारी दर्ता गरेका हुन्। निर्धारित ३ बजेको समयमा काफ्ले समूहका नाममा मात्र उमेदवारी परेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.