|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाबाट चरेशसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–८ डकलेका ५५ वर्षीय हर्कबहादुर साँकीले रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

अवैध लागुऔषध (चरेश) आफ्नो पसलमा लुकाइछिपाइ राखी सानो–सानो प्याकेट बनाइ बिक्रीवितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले साँकीलाई मंगलबार राति पक्राउ गरेको हो।

प्रहरीले उनको घर खानतलासी गर्दा खुद्रा किराना  पसलभित्र रहेको सानो सानो टुक्राको प्याकेट र केही ठूलो लाम्चो सिग्रेट आकारमा रहेको लागुऔषध चरेशलाई पोलिथिनको थैलीमा पोको पारी लुकाइछिपाइ राखेको अवस्थामा ११० ग्राम फेला परेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। 

उनलाई नियन्त्रणमा लिई कानुनबमोजिम मुद्दा दर्तापछि डडेल्धुरा जिल्ला अदालत डडेल्धुराबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.