छापा

सांसदका पीएलाई चाहिँदैन  शैक्षिक योग्यता, नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृत
SHARES

पुस २६, २०७५

    काठमाडौं : सांसदका पीएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ। सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पीएहरूको शैक्षिक योग्यता कति हो? संसदमा कतै अभिलेख छैन । 

    नयाँ पत्रिका दैनिक लेख्छ, सांसदले आफ्नो पीएको नागरिकताको फोटोकपी मात्रै संसदमा प्रस्तुत गर्छन् । त्यसैका आधारमा सांसदको खातामा पीएको तलब पठाइन्छ। तलब सुविधासम्बन्धी संसद्को ऐनअनुसार सांसदका पीएले शाखा अधिकृतसरहको पारिश्रमिक पाउँछन्। तर, सांसदले श्रीमान्, श्रीमती, सालासाली र भाञ्जाभाञ्जीलगायतलाई नियुक्त गरेका छन् ।  

    ‘सांसदहरूले आफ्नो पर्सनल असिस्टेन्ट आफैँ नियुक्त गर्नुहुन्छ। कति योग्यताको पीए आफूलाई चाहिने हो त्यो उहाँहरूले नै निर्णय गर्नुहुन्छ । उहाँहरू आफैँले पिएलाई दिएको नियुक्तिपत्र, पिएको नागरिकताको फोटोकपी र सांसदको बैंक अकाउन्ट सचिवालयले माग गर्छ,’ संसद् सचिवालयका प्रवक्ता डा‍. रोजनाथ पाण्डेले भने । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]