|

दाङ :  दाङमा एक थुनुवाको मृत्यु भएको छ। जवरजस्ती करणी मुद्धामा पूर्पक्षका लागि घोराही कारागारमा राखिएका बगंलाचुली गाउँपालिका ६ का ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेकाअनुसार बुधबार अपरान्ह ४ बजेतिर एक्कासी बिरामी भएका महराको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो। 

हातखुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएका महराको पौने ७ बजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताए। उनको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.