समाज : सुरक्षा/अपराध

वृद्धा बलात्कारको आरोपमा पक्राउ
SHARES

पुस २६, २०७५

    पर्वत : फलेवास नगरपालिका–५ खानीगाउँकी ७१ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही गाउँकै ४५ वर्षीय टुल्के भनिने नारायणप्रसाद कुवँर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।
     
    घरमा एक्लै बस्दै आएकी वृद्धालाई त्रास देखाई पटक–पटक जबरजस्ती करणी गर्दै आएको पीडितका आफन्तको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्ष तिवारीले बताए। पक्राउ परेका कुवँरलाई जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]