विश्व

१४ वर्षदेखि कोमामा रहेकी महिलाले जन्माइन् बच्चा!
SHARES

पुस २६, २०७५

    अमेरिकाको एरिजोनामा १४ वर्षदेखि कोमामा रहेकी एक महिलाले बच्चा जन्माएकी छिन्। एरिजोनाको हेसिन्डा हेल्थकेयरको एक क्लिनिकमा करिब डेढ दशकअघि भर्ना भएकी ती महिलाले शिशुलाई जन्म दिएकी हुन्। 

    यौनशोषण भएको अनुमानमा अमेरिकी प्रहरीले छानबिन सुरु गरेको छ। लामाे समयदेखि कोमामा रहेको ती महिलाले बच्चा जन्माएपछि उक्त नर्सिङ होमका प्रमुखले पदबाट राजीनामा दिएका छन्। ती महिलाले गत २९ डिसेम्बरमा बच्चा जन्माएको अनुमान गरिएको छ।

    महिला  कोमामा रहेका कारण उनलाई हरेक समय हेरचाहको आवश्यकता पर्थ्याे। ती महिलाले बच्चा जन्माउनु अघि गर्भवती भएको कुरा त्यहाँ कार्यरत कसैलाई पनि थाहा नभएको जनाइएको छ।  फिनिक्स प्रहरीका प्रवक्ताले यो घटनाका विषयमा अझै छानविन जारी रहेका कारण केही भन्न नसकिने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]