|

टीकापुर : दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ। 

बुधबार बिहान  १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोश भएका थिए। टीकापुर अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको हो। ‘बच्चालाई कुनै समस्या थिएन। शिविरमा राम्रै अवस्थामा खोप लगायौँ । खोप लगाएको १५ मिनेटमै बच्चा बेहोश भयो। टीकापुर अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भयो', बुबा वासुदेव चौधरीले भने। लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्न उनले माग गरे। 

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमसिंह परियारले अरू बच्चामा केही समस्या नभएको बताए। टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चिकित्सक नरेन्द्र खनालले खोप लगाउँदा मृत्यु भएको हो भन्ने यकिन नभएको बताए।

'खोपले गर्दा बच्चाको मृत्यु भए\नभएको टीकापुर अस्पतालमा परीक्षण गर्न सकिँदैन। खोपप्रति आशङ्का भए प्रविधियुक्त अस्तपालमा परीक्षण गर्नुपर्छ', चिकित्सक खनालले भने। अरू बच्चालाई पनि खोप दिनुपर्ने भएकाले सरकारले आफैँ परीक्षण तथा सजगता अपनाउनुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.