खेलकुद

फाल्गुनन्द गोल्डकप : आज रोयल फुटबल र ब्वाइज युनियन भिड्दै
SHARES

पुस २६, २०७५

    पाँचथर : फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

    खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ। आजको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुनेछ। सरस्वती युथ क्लब, झापा ११ र त्रिभुवन आर्मी क्लबले यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन्।

    सेमिफाइनल खेल शुक्रबारदेखि हुनेछन्। पहिलो सेमिफाइनलमा झापा ११ र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]