स्वास्थ्य

दाङमा आइसियुसहितको एम्बुलेन्स
SHARES

पुस २६, २०७५

    दाङ : दाङमा पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ।  तुलसीपुरस्थित तुलसी हस्पिटलले पुस दोस्रो सातादेखि ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

    एम्बुलेन्समा आइसियु, भेन्टिलेटरकलगायत सेवा साथै स्वास्थ्यकर्मी पनि रहेको हस्पिटलका बालरोग विषेशज्ञ डा. किशोर खत्रीले जानकारी दिए। यस एम्बुलेन्समा अन्यभन्दा धेरै सेवा सुविधा भए पनि भाडामा भने धेरै फरक नपर्ने बताइएको छ।

    सुविधायुक्त एम्बुलेन्स सञ्चालन आएसँगै गम्भीर घाइते र बिरामीलाई सहज रुपमा अस्पतालसम्म पु¥याउन सकिने पश्चिम दाङवासीहरुले अपेक्षा गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]