|

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार  भारत जाने भएका छन्। उनी भारत सरकारको औपचारिक निमन्त्रणामा थापा भारत जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

भारतमा रहँदा उनले भारतीय राष्ट्रपतिले स्थलसेनाको मानार्थ महारथी दर्जाले सम्मान गर्ने कार्यक्रम रहेको छ। उनलाई शनिबार राष्ट्रपति रामनाथ कोविन्दले दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप मानार्थ महारथी दिने प्रचलन रहिआएको छ। भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापाले भारतीय समकक्षी स्थल सेनाका सेनाध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, भारतका रक्षा मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सात सदस्यीय भ्रमण टोलीमा श्रीमती दीपा थापा र सैनिक इन्टेलिजेन्टस् उपरथी झंकरबहादुर कडायतलगायत रहने छन्।  प्रधानसेनापति थापाको टोली माघ २ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.