|

कालिकोट : जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका–४ निवासी रिउका कामीले ८१ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। कामी जिल्ला सदरमुकाम स्थायी बासिन्दा भए पनि ८१ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी हुन्।

कामी परिवारका अन्य सदस्यसँगै भारतमा बसोबास गर्ने भएका कारणले नेपाली नागरिकता पाउन सकेकी थिइनन्। नागरिकता लिएपछि पहिलोपटक मतदाता जिल्ला सदरमुकाम आएर पहिलोपटक नेपाली नागरिकता लिएकी ८१ वर्षीया कामीले मतदाता नामावलीमा पनि नाम दर्ता गराएकी छन्।

कामीका छोरा मोती कामीले लामो समयदेखि भारतमा बसेकाले आफ्नो आमाको नागरिकता र मतदाता नामावली दुवै नभएको बताए। ‘आमा लामो समयदेखि भारतमा हुनुहुन्थ्यो।’ उनले भने,‘त्यही भएका कारणले वहाँको नागरिकता र मतदाता नामावली थिएन्। अहिले नागरिकता र मतदाता नामावली दुबै बनाएका छौं।’

ग्रामीण इलाका अझै नागरिकता नबनाएका धेरै

जिल्लाका ग्रामिण स्तरका केही बृद्ध बृद्धाहरुले अझै नागरिकता पाएका छैनन्। जग्गा नामसारी लगाएतका क्षेत्रमा काम गर्दा पुरुषहरु बढी अग्रसर हुने भएका कारणले महिलाको नागरिकता कम बनाउने चलन रहेको छ।

महिलाको नागरिकता नबउँदा महिलाहरुले बिभिन्न सेवा र सुबिधाबाट बन्चित हुनुपरेको नरहरिनाथ गाउँपालिका–१ का गणेश बिष्टले बताए। ‘महिलाहरुभन्दा सामाजिक काममा पुरुष बढी हुने भएकाले महिलाहरु नागरिकता बनाउने कमै छन्।’ उनले भने,‘त्यसको असर महिलाहरुले बिभिन्न सेवा सुबिधाबाट बन्चित हुनु परेको छ।’

जिल्लाका दुर्गम ठाउँका महिला नागरिकता लिन नआउने र बिषेश गरेर आमाका नाममा कुनै काम गर्न नपर्ने भएका कारणले दुर्गमका बृद्धबृद्धा नागरिकता कमै भएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल बताए। ‘कुनै पनि काम गर्दा आमाको नागरिकता खासै आवश्यकता हुदैँन्।’ उनले भने,‘दुर्गमका महिला बृद्धाहरुले कमै नागरिकता बनाएको पाइन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.