|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीहरुलाई आग्रह गरेका छन्। अर्थमन्त्री खतिवडाले उत्पादन बढाउने र रोजगारीको अवसर सिर्जना गर्ने सहकारी उद्यमीहरूलाई मात्रै सरकारले कर छुट लगायतका सहायता उपलब्ध गराउने पनि स्पष्ट पारे।

उनले हाल संचालन भइरहेका सहकारी उद्यमले निजी उद्यमको जस्तै मुनाफालाई मात्रै ध्यान दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे। राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्ना सदस्यहरुको साझा हित प्रवर्द्धनमा लाग्ने सहकारी उद्यमलाई मात्रै सरकारले उच्च प्राथमिकता दिने पनि बताए।

अर्थमन्त्री खतिवडाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर सहकारी संस्थाहरूलाई लगानी गर्न पनि सचेत गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.