|

काठमाडौं :  नेपाल आयल निगमले आन्तरिक उडानको लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ। निगमको ४९ औँ वार्षिक उत्सवमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मूल्य घटाउने घोषणा गरेसँगै आयलन निगमका नायव निर्देशक सुशील भट्टराईले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको जानकारी गराएका छन्।

घटाएको मूल्यअनुसार हवाई इन्धनको आन्तरिक सेवातर्फ प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा मूल्य कायम हुनेछ। यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो। मन्त्री यादवले पेट्रोल तथा डिजेलको मूल्य निरन्तर घटाएर समायोजन गरिरहेको अवस्थामा आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य पनि घटाउन थालिएको बताएका हुन्।

उनले केही समयमा बाह्‍य हवाई इन्धनको मूल्य पनि घटाउने जानकारी गराएका छन्। मूल्य घट्दा भाडा नघटाउने अवस्थाको भने अन्त्य गर्नुपर्ने मन्त्री यादवको भनाइ छ। उनले पेट्रोलमा ६ रुपैयाँ मूल्य द्घट्दा समेत भाडा नघटेको अवस्था रहेको बताउँदै मूल्‍य बढाउँदा बढाउने तर घटाउँदा नघटाउने निजी क्षेत्रको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन्।

मन्त्री यादवले पेट्रोलको मूल्य धेरै घटाउनुपर्ने भए पनि दशैँको समयमा लागेको घाटा मिलाउनका लागि कम घटाइएको समेत जानकारी गराए। “घाटा मेकअप भएपछि धेरै धेरै मूल्य घटाउनेछौँ” मन्त्री यादवले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.