|

बागलुङ : आगोलागीमा परेर मंगलबार साँझ ज्यान गुमाएका ताराखोलाका ३ बालबालिकाको सामहिक दाह संस्कार गरिएको छ। ताराखोला गाउँपालिका ४ भएको घटनामा मृत्यु भएकाहरूको हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि अन्तिम संस्कार गरिएको हो। 

अन्तिम संस्कारमा श्रद्धाञ्जलि दिन प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल र प्रहरी उपरीक्षक दिपक रेग्मी घटनास्थल पुगेका थिए। स्थानीय यामबहादुर खत्रीको गोठमा भएको आगोलागीले दिलबहादुर घर्तीकी ६ वर्षीय छोरी ऋतु घर्ती र ४ वर्षीय छोरी आयुस्मा घर्तीको मृत्यु भएको थियो। त्यस्तै स्थानीय रुद्रबहादुर रोकाको ६ वर्षकै छोरा रनिश रोकाको पनि मृत्यु भएको थियो। उक्त घटनाका पीडितलाई जिल्ला दैवी प्रकोप उद्धार समितिको तर्फबाट प्रजिअ खरेलले अभिभावकलाई जनही एकलाख रुपैयाँको दरले राहत हस्तान्तरण गरेका थिए। गोठ क्षति भएका खत्रीलाई आठ हजार रुपैयाँ दिइएको हो। 

आगो फुकेर ताप्ने क्रममा गोठमा आगो सल्केको थियो। बालबालिका मात्र रहेकोले उनीहरुको जलेर मृत्यु भएको थियो। बालबालिकाको अन्तिम संस्कारका लागि लैजाँदा गाउँपालिकाका सयौं मानिस उपस्थित थिए। घटनापछि प्रजिअ खरेलले दुःखद घटना भए पनि धैर्य गर्न आग्रह गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.