|

जनकपुरधाम : धनुषाको नेपाल-भारत सिमावर्ती क्षेत्रबाट मरिच तस्करी गर्ने एक गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। धनुषा जिल्लाको सिमावर्ती क्षेत्र नगराइन नगरपालिका ६ लग्मा टोलबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनुषा जिल्लाको नगराईन नगरपालिका १ बस्ने ३४ वर्षीय रजय यादव, सोही ठाउँ बस्ने ३१ वर्षीय लालु यादव,१९ वर्षीय मनिशकुमार महतो, २० वर्षीय राकेश महतो, २६ वर्षीय सन्तोषराम र भारतको बिहार राज्यअन्तर्गत मधुबन जिल्ला घर भएका १९ वर्षीय सुधिर यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधबार (हिजो) मध्य रात्रिकालीन समयमा धनुषाका नगराइन नगरपालिका ६ अन्तर्गत लग्मा टोलबाट भन्सार छली गरी अबैध रुपमा नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको विशेष टालीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष प्रहरी टोलीले तस्करहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूको साथबाट मोटरसाइकल ६ थान र मरिच १२ बोरा (अन्दाजी ३०० केजी) सहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जनकपुरधाम भन्सार कार्यालय पठाइएको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.