|

सिन्धुपाल्चोक : लिटिल बुद्धको नामले चिनिएका रामबहादुर बम्जनको सिन्धुली आश्रमबाट एकजना पक्राउ परेका छन्। सिन्धुपाल्चोक प्रहरी र सिन्धुली प्रहरीको संयुक्त टोलीले सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरे धापसार आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए।

बम्जनको सिन्धुली आश्रममा प्रहरीले बिहीबार छापा मारेको थियो। यस अघि प्रहरीले बम्जनको सिन्धुपाल्चोकस्थित इन्द्रावति गाउँपालिका ६ बाडेगाउँमा रहेको आश्रममा समेत छापा मारेको थियो। सो आश्रमबाट प्रहरीले केही शंकास्पद वस्तुहरू भेटेको जनाइएको छ। 

बम्जनले आश्रममै केही आनीहरूको हत्या, बलात्कार गरेको उजुरी प्रहरीमा पुगेपछि उनको आश्रममा प्रहरीले छापा मार्न सुरु गरेको थियो। सिन्धुपाल्चोक प्रहरीमा सञ्चलाल वाइबाको छोरा महेन्द्रले बाबु बम्जनको आश्रमबाट हराएको उजुरी प्रहरीमा पुगेको छ। त्यस्तै अन्य तीनजना आनी बम्बजनकै आश्रमबाट बेपत्ता भएको आफन्तले बताउँदै आएका छन्।

बाराको रतनपुरी गाउँ नजिकैको वनबाट तपस्या सुरु गरेका बम्जनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थान समेत फेरिरहेका छन्। बम्जनको आश्रम बारा बाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत रहेको प्रहरीको भनाइ छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.