|

दाङ : पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता कसरी गर्ने भन्ने चिन्ता भएको बताए। दाङको टरीगाउँ विमानस्थलमा रिपाेटर्स क्लब दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समाजिक सद्भाव र देशको एकताका लागि सधै चिन्ता लाग्ने गरेको बताए। 

‘मेरो प्राथमिकता भनेको देशको एकतालाई कसरी कायम राख्ने, सामाजिक सद्भाव कसरी जोड्ने नै हो,’ पूर्व राष्ट्रपति यादवले भने, 'जातीय, क्षेत्रीय कुरामा समन्वय गर्ने र राष्ट्रिय एकता कायम गर्ने हो।’ संविधानमार्फत देशमा देखिएको समस्या समाधान गर्नुपर्ने बताउदै उनले संविधान, कार्यान्वयनको बाटो अघि बढेकोले जनअपेक्षा पूरा हुनेमा आशाबादी रहेको बताए। त्यसैगरी उनले आफू चिकित्सा क्षेत्रमा फर्कने भनी आएका समाचार गलत भएको बताए।

'पत्रकारले जति बोलेको हो। त्यति मात्रै लेख्नुपर्छ’ उनले भने ‘ तर बोलेको भन्दा बढी लेखेकै कारण यस्तो समाचार बाहिर आएको हो।’ काठमाडौंको एक सहकारी अस्पतालको बार्षिक साधारणसभामा आफूले सरकारी अस्पतालमा जान मिल्ने भए पनि आफ्नो उमेरको कारणले जान नसक्ने कुरा बोलेको भएपनि त्यसलाई पत्रकारले ठूलो बनाएर समाचार प्रकाशन गरेको बताए।

‘मैले नाफामूलक कुनै पनि अस्पतालमा काम गर्न मिल्दैन। तर सरकारी अस्पतालमा काम गर्न मिले पनि ७७ वर्ष भइसके त्यसैले म क्रियाशील हुन सक्दिन’ उनले भने। उनी दाङको घोराहीमा रहेको शान्ति सुधा आवासीय माध्यामिक विद्यालयको रजत जयन्तीमा सहभागी हुन दाङ आइपुगेका हुन्।

विद्यालयले २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रवार पुस २७ गते रजय जयन्ती वार्षिकोत्सव मनाउँदै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.