|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको तेस्रो अधिवेसन आगामी माघ ४ गते बस्ने गरी बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारीस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बिहीबार बसेको बैठकले हिउँदे अधिवेसन माघ ४ गते २ बजे बस्ने गरी बैठक आह्वान गर्न प्रदेश प्रमुख मोहनराज मल्ललाई सिफारीस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले माघ १ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। थारू समुदायको प्रमुख चाड माघी पर्वका अवसरमा सरकारले १ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत प्रदान गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए।

बैठकले उद्योग वन तथा वातावरण मन्त्रालय अन्तर्गत, वन तथा जलाधार व्यवस्थापन तर्फको कार्यक्रम सञ्चालन मार्गदर्शन २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै, प्रादेशीक पर्यटन विकास एवं व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत, उद्योग वन तथा वातावरण मन्त्रालयकै प्रादेशीक वातावरण संरक्षण एवं व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्ने सैद्धान्तिक निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले जानकारी दिए।

बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पशुपंक्षी बजार प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै, बैठकले समाजिक विकास मन्त्रालयको अनुदान तथा सहायता रकम विकास एवं कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री  शाहले जनाकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.