|

हेटौंडा : शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जीवनी पाठ्यक्रममा राखेर नयाँ पुस्तालाई ’थाहा’ दिनुपर्ने बताएका छन्।

‘निष्पक्ष सक्रियतको अभ्यास’ थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८५ औं जन्मजयन्तीको सन्दर्भमा थाहा नगरपालिकाको समन्वय र ‘फरक सोच’ अभियानको आयोजनामा थाहा दिवस र तीर्थदास स्मृति सामाजिक सम्मान तथा सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आगामी वर्षदेखि नै अनिवार्य पढाउने गरी तयारी थाल्न समेत निर्देशन दिएका छन्। उनले मकवानपुर जिल्ला भित्रको स्कुलमा आउने वर्षदेखि नै रुपचन्द्र बिष्ट जीवनी पढाउने घोषणा गर्न स्थानीय सरकारलाई आग्रह पनि गरे।

‘रुपचन्द्र बिष्ट बारे सामग्री तयार पार्नुहाेस्। म पाठ्यक्रम राख्न निर्देशन दिन्छु। नयाँ पुस्तामा रुदानेलाई दन्त्य कथाको नायक जस्तो बनाइनु हुन्न। नयाँ पुस्ताले रुदानेको बारेमा थाहा पाउनु पर्छ। मन्त्री पोखरेलले भने, ‘उहाँको जीवनी पढाईहोस्,रुदानेको सपना साकार हुनेछ।’ मन्त्री पोखरेलले विष्ट महान दार्शनिक भएको चर्चा गर्दै उनको जीवनीलाई स्थानीय पाठ्यक्रममै राख्न आग्रह गर्दै आफ्नो तर्फबाट पहल हुने बताए। थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई व्यवहारमा उतारे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने पोखरेलले बताए।

विष्टको थाहा दर्शनलाई कार्यान्वयनमा ल्याउनु भन्दा पनि उनको चर्चा गर्नेहरूको मात्र भीड बढिरहेको सन्दर्भमा रुपचन्द्र विष्ट सम्झाउने कार्यक्रमप्रति युवाको सक्रियता बढ्नु सकारात्मक भएको उनले बताए। कार्यक्रममा रुपचन्द्र बिस्ट स्मारक समितिका केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले रुपचन्द्र बिष्टलाई सम्झने खास दिनमा अल्मलिनू भन्दा पनि वर्षैभरि उनको देखाएको बाटोमा लाग्न आग्रह गरे।

सकारात्मक सोचका संयोजक यादवजंग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रदेश सभा सांसद कुमारी मोक्तान, प्रेमबहादुर पुलामी ‘छिन्तु’, थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, नेकपाका नेता बलराम बल लगायतले रुपचन्द्र विष्टको योगदानको विषयमा चर्चा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.