|
File Photo

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको बताएका छन्। राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले नेताहरू आफैँमा अल्मलिएर देशलाई सकसपूर्ण अवस्थामा पुर्‍याएको बताएका छन्।

उनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्मअनुसार  व्यवहार नगर्दा देशको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको पनि उल्लेख गरेका छन्। उनले एउटा नागरिकका निम्ति देशभन्दा ठूलो कुनै वाद वा विचार नहुने भन्दै विचार तथा वादकै आडमा राष्ट्रिय एकता सामाजिक सद्भावलाई क्षति पुर्‍याउन र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य नगर्न चेतावनी दिएका छन्।

उनले नेपाल रहँदा मात्रै नेपालीको गौरव जीवन्त रहने उल्लेख गर्दै पृथ्वीनारायण शाहको पदचापबाट वर्तमान सरकारले प्रेरणा लिनु पर्ने पनि बताए।


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.