समाज

अनियमितताको उजुरीपछि गाउँपालिकामा २१ लाख रुपैयाँ फिर्ता
SHARES

पुस २७, २०७५

    ओखलढुुङ्गा : अनियमितता भएको भन्दै छानविन गर्न उजुरी परेपछि चम्पादेवी गाउँपालिकामा २१ लाख रुपैयाँ फिर्ता भएको छ। गाउँपालिकाको भवन निर्माणस्थलको जग्गा सम्याउने योजनाको २१ लाख रकम गाउँपालिकाको खातामा फिर्ता भएको हो।

    गाउँपालिकाको जग्गा सम्याउने योजनाको रकम सिधै ठेकेदारलाई दिएर रकम अनियमितता गरेको उजुरीमाथि छानविन सुरु भएपछि रकम फिर्ता भएको चम्पादेवी ७ का वडाध्यक्ष सुरेशकुमार थापाले बताए। उपभोक्ता समितिमार्फत गर्नुपर्ने कामको रकम सिधै ठेकेदार राजन सुवेदीलाई दिइएको र लेखापाल मिलन लुइँटेल, गाउँपालिका अध्यक्षका निजी सचिव सुजन पौडेलको मिलेमतोमा रकम अनियमितता भएको थापाले आरोप लगाए।

    उजुरी परेपछि कारबाहीको भागिदार बन्ने भएको कारण पौडेल र लुइँटेलले उक्त रकम गाउँपालिकाको खातामा जम्मा गरेको नेकपा चम्पादेवी गाउँपालिकाका नेता विनोद सुनुवारले बताए। रकम फिर्ता गरेको सन्दर्भमा लेखापाल लुइँटेलले एक फर्मलाई निकासा गरिएको रकम फर्म मार्फत नै फिर्ता गरिएको बताए। उनीमाथि मिलेमतोमा जग्गा सम्याउँदा ठेकेदारसँग मिलेर रकम अनियमितता गरेको आरोप लागेको थियो ।

    रकम फिर्ताका सम्बन्धमा छानविन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र पौड्यालले रकम फिर्ता भएको सुनेको बताए। प्रक्रिया नमिलाई दिइएको रकम फिर्ता गरेर नियमित तरिकाबाट खर्च गर्न रकम फिर्ता गरेको हुनसक्ने र यस विषयमा आफूलाई केही औपचारिक जानकारी भने नभएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]