|

संखुवासभा : खाँदबारी नगरपालिका दुई वडामा खानेपानी मिस्त्रीले वडा सचिवको जिम्मेवारी पाएका छन्। नगरपालिकाका खानेपानी मिस्त्री बासु श्रेष्ठ वडा सचिवको काम गर्छन्।

त्यस्तै अर्का मिस्त्री विष्णु बुढाथोकीको जिम्मेवारी पनि उस्तै छ। जिल्लाकै पुरानो नगरपालिकाले  यतिको समय बित्दा समेत सुब्बा सरहका सचिव छैनन्। यसका कारण दैनिक कार्य सम्पादनमा समस्या हुने गरेको छ । २०५२ सालमा स्थापना भएको खाँदबारी नगरपालिकामा साबिकको सित्तलपाटी गाविस मिलाएर ११ वटा वडा बनाइएको छ। खानेपानी मिस्त्री बासु श्रेष्ठले वडा ६ का सचिव छन् भने विष्णु बुढाथोकीले ५ को वडा सचिवको जिम्मेवारी सम्हालेका छन्।

साबिकको सित्तलपाटी गाविस मिलाएर बनेको यो नगरपालिका कर्मचारी अभावका कारण समस्यामा छ। पर्याप्त कर्मचारी नहुँदा एक प्राविधिकले दुई वडा कार्यालय हेर्दे आएका छन्। ‘हाम्रो जिम्मेवारीभन्दा फरक काम गर्नुपर्दा सुरुका दिनमा समस्या भए पनि अहिले केही सहज भएको ६ नम्बर वडाका मिस्त्री बासु श्रेष्ठले बताए। उनले भने ‘जसोतसो काम त चलाइएकै छौँ। सेवासुविधा गाउँमा नै पुगे पनि कर्मचारी र भवन अभावमा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको छ।'

खाँदबारी नगर ठूलो भूगोल र धेरै योजना नगरपालिकामा रहने भए पनि कर्मचारी कम हुँदा काम गर्नै कठिन भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताए। माथिल्लो निकायमा पटक–पटक कर्मचारीको माग गरे पनि गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको नगर प्रमुख मुरारी खतिवडाको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत घिमिरेले माथिल्लो निकायबाट कर्मचारी आएपछि खानेपानी मिस्त्रीलाई प्राविधिकका रूपमा राखिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.