समाज

बुबाले चलाएको बसले किच्दा छोराको मृत्यु
SHARES

पुस २७, २०७५

    दमौली :  बन्दीपुर गाउँपालिका–४ मा बसले किच्दा एक किशोरको मृत्यु भएको छ। पिप्लेका १५ वर्षीय विश्वास थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    बुबा बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा किच्दा विश्वास घाइते भएका थिए। उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। किशोरका बुबा प्रहरी नियन्त्रणमा छन्। 

    वृद्ध मृत फेला 

    तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा बिहीबार राति एक वृद्ध मृत फेला परेका छन्। हरियाली कृषक समूह भवनको पेटीमा अन्दाजी ६०\६५ वर्षीय टेकबहादुर विकको शव भेटिएको छ। 

    धादिङ घर बताउने विक विगत पाँच\छ दिनदेखि डुम्रे बजार आसपास मागी हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]