|

सुर्खेत:  कर्णाली प्रदेशमा माघ १ गते सार्वजनिक विदा दिइएको छ।  सबै जातजातीले विशेष पर्वको रुपमा माघी मनाउने भएको कारण सार्वजनिक विदा दिने निर्णय गरिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी बताए।

त्यस्तै वर्षभरीको सम्पुर्ण विदा निर्धारण गर्नका लागी  कानुन मन्त्रीको संयोजकत्वमा ३ सदस्यीय सार्वजनिक विदा निर्धारण सुझाव समिति गठन गरेको समेत गरेको छ। ‘कर्णाली सरकारका सामाजिक विकास मन्त्री रावल सदस्यसचिव तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका सचिव यज्ञराज बोहोरा सदस्य सचिव रहेको ३ सदस्यीय सुझाव समिति गठन गरिएको छ ।’ मन्त्री भण्डारीले भने ‘जसले सबैको सुझाव लिएर वार्षिक विदाको कार्यतालिका बनाएर क्याबिनेटमा प्रस्ताव गर्ने छ।’

त्यस्तै बैठकले आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट  प्रस्ताव गरेको सुशासन प्रत्याभुती गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्ययकमा सैद्धान्‍तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्वीकृत गरेको छ भने प्रदेश युवा परिषद सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकलाई सैद्धान्तिक सहमती दिएको मन्त्री भण्डारीले जानकारी दिए ।

बैठकले जुम्लाको कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्ताव मन्त्रीपरिषदको राजनैतिक समितिमा छलफलका लागी पठाउने निर्णय समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.