|
सांकेतिक

मोरङ :  विराटनगर–१५ रामजानकी टोलमा मोबाइलको व्याट्री पड्किँदा ७ वर्षीय बालकको मृत्यु भएको छ। विष्फोटमा परी मृत्यु हुनेमा स्थानीय सुवास मण्डलको छोरा अमित मण्डल रहेका छन् भने स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएको प्रहरीले जनाएको छ।

घाइते राधिकाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। दिउँसो पराल बालेर आगो ताप्ने क्रममा बेवारिसे ब्याट्री पड्केको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ। बम विस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.