|

नवलपरासी : भारतीय पक्षबाट पटकपटक अतिक्रमणको मार खेप्दै आएका सुस्ताबासीका गाउँमा सौर्य ग्रीड जडान हुने भएपछि खुसी भएका छन्। वर्षौंदेखि टुकीको भरमा गुजरा चलाउँदै आएका सुस्ताबासी अब गाउँमै सौर्य ऊर्जामाफत् गाउँ झिलिमिलि हुने भएपछि हर्षित भएका हुन्।

सुस्तामा सौर्य मिनि ग्रीड जडान गरी उज्यालो बनाउने तयारी भइरहेको छ। वैकपिल्पक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा ५ करोड ५० लाख रुपैयाँको लागतमा ग्रीड प्लान्ट जडान हुन लागेको सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले बताए। ग्रिड राख्नका लागि आवश्यक ३ कठ्ठा जमिनमध्ये डेढ कठ्ठा सुस्ता बचाउ अभियानकी नुरजा बेगम र डेढ्कठ्ठा आजाद खांले स्वस्फुर्त रूपमा उपलब्ध गराउने घोषणा गरिसकेका छन्।

ग्रीड जडानका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ। वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले बोलपत्र आह्वान गर्ने तयारीमा रहेको छ। ग्रीड निर्माणका लागि लाग्ने कुल लागतको १० प्रतिशत गाउँपालिका र स्थानीय सेवाग्राहीले बेहोर्ने प्रतिबद्धता गरी प्रवर्द्धन केन्द्रलाई पत्राचार गरिसकिएको अध्यक्ष पाण्डेले बताए।

अबको एक वर्षमा ग्रीड निर्माण कार्य सम्पन्न हुने जनाइएको छ। ग्रीड संचालनमा आएपछि सुस्ताबासीले घरमा बत्ती बाल्न, टिभी फ्रिज, पंखा, सडक बत्तीलगायतका विद्युतीय सामग्री प्रयोग गर्न सानातिना उद्योग संचान गर्न सक्नेछन्।

ग्रीड स्थापना भएपछि आफूहरूलाई धेरै कुरामा सहज हुने स्थानीय रवीन्द्र बानियाँले बताए। अहिले विद्युत् नहुँदा रेडियो, टेलिभिज सुन्न हेर्न सुन्न र मोबाइल चार्ज गर्नसमेत असुविधा हुँदा सञ्चारबाट समेत वन्चित हुनु परेकोमा ग्रिड निर्माण भएपछि सुस्ताबासी सञ्चारको पहुँचमा समेत जोडिने बानियाँले बताए।

सुस्ता गाउँपालिकालाई नमुना बनाउने अभियानमा ग्रीड स्थापना भएपछि थप टेवा पुग्ने र उज्यालो सुस्ता अभियान सफल हुने गाउँपालिका अध्यक्ष पाण्डेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.