|

काठमाडौं : विभिन्न लागुऔषधका दुई हजार ७०० थान इन्जेक्सन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाका ३२ वर्षीय लालबहादुर राना रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनलाई परिसरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिहिबार बल्खुबाट पक्राउ गरेको हो। रानाको साथबाट प्रहरीले फेनार्गन ईन्जेक्सन ८८६ थान, डाइजाल्याप ८३५ थान, नूफिन ८५२ थान र ३० हजार नगद रुपैंयासमेत बरामद गरेको छ।

प्रहरीका अनुसार राना लागुऔषधका कारोबारी भएको खुलेको जनाएको छ। राना यसअघि बलात्कार मुद्दामा छ वर्ष जेल जीवन भुक्तान गरेर भदौ महिनामा मात्रै छुटेको खुलेको प्रहरीको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.