अर्थ

जग्गाको कित्ताकाट खुल्यो, वडाले यस्तो सिफारिस गर्नु पर्ने
SHARES

पुस २७, २०७५

    काठमाडौं : करिब डेढ वर्षदेखि रोकिएको जग्गा खण्डिकर फेरी फुकुवा भएको छ। १७ महिनाअघि तत्‍कालीन भूमिसुधार मन्त्री गोपल दहितले कृषि योग्य जग्गाको खण्डिकर रोक लगाउने निर्णय गरेकोमा बिहीबार  भूमि व्यवस्था सहकारी तथा गरिवी  निवारणमन्त्री पद्मा अर्यालले फूकुवा गर्ने निर्णय लिएको बताएकी हुन्।

    तत्कालीन मन्त्रीले गरेको निर्णयविरुद्ध अदालतमा मुद्दा समेत परेको थियो। तर अदालतले ६ महिनाको अवधिमा नै कित्ताकाट गर्ने बाटो खोलिदिएको अवस्थामा ११ महिनापछि कित्ताकाट फुकुवा गरिएको हो।

    एकातर्फ बिचौलिया मार्फत कित्तकाट भइरहेने अर्को तर्फ सर्वसाधरणले सोझै जग्गा बेच्न नपाएको अवस्थामा यस्तो निर्णय लिइएको मन्त्री अर्यालले बताइन्।

    जग्गाको खण्डिरण रोक्ने निर्णयले हाउजिङ र अपार्टमेन्ट क्षेत्रमा ठूलो समस्या परेको थियो। अब भने कित्ताकाट गर्नको लागि सम्वन्धित स्थानीय तहले सिफारिस गर्नु पर्नेछ। स्थानीय तहले खेतियोग्य जग्गा नभएको पत्र दिएपछि सहजै कित्ताकाट गर्न पाइने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]