|

संखुवासभा : अरुण नदीमा पहिलो पटक जलयात्रा र्‍याफ्टिङ सुरु गरिएको छ। खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा र्‍याफ्टिङ सुरु गरिएको छ। पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामर्ना र्‍याफ्टिङ सुरु गरिएको हो। अरुण नदीमा पर्यटन प्रवर्द्धन का लागि अरुण नदीर्मा र्‍याफ्टिङ संचालन गरिएको हो।

सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तब्यमा संखुवासभाको अरुण उपत्यका र वालेश्वर समेत राखेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्नेगरी र्‍याफ्टिङ संचालन गरिएको अरुण मकालु रिबर साइडका संचालक राजकुमार घिमिरेले जानकारी दिए। अरुण नदीमा साहसिक जलायात्रा गरी पर्यटनक आकर्षण गर्न अहिले विभिन्न स्थानमा जलयात्रा सञ्चालन भइ रहेको संचालक घिमिरेले बताए। गतवर्ष खाँदबारी २ चेवाबेशीदेखि सुनसरीको चतरासम्म पहिलोपटक परीक्षणका रुपर्मा र्‍याफ्टिङ सुरु गरिएको थियो। तर अहिले सफल परीक्षण भएपछि निरन्तर रुपमा र्‍याफ्टिङ संचालन भइरहेको उनले बताए। 

चेवाबेशीदेखि लम्सुवा, मनकामना सम्म र्‍याफ्टिङ संचालन छ। नयाँ पर्यटकीय गन्तब्यमा अरुण उपत्यका परेपनि सम्वन्धित निकायले पर्यटन प्रवर्द्धनका लागि केही सहयोग नगरेको संचालक घिमिरेले गुनासो गरे। उनले भने, 'अहिलेको रुटमा चेवाबेशीदेखि चतरा पुग्ने ७ स्थानमा  ढुंगा भेटिएकाले केही असहज भएकाे छ।' 

खाँदबारी २ को चेवाबेशी, धनकुटाको लेगुवा र छिन्ताङमा भेटिएका ढुंगालाई ब्यवस्थापन गर्नसके तुम्लिङटारदेखि धरान ३ घण्टामै पुग्न सकिने संचालक घिमिरेले बताए। सरोकारवाला निकायले ध्यान सके पर्यटन प्रवर्द्धनका नभई जलयातायात समेत टेवा पुग्ने देखिन्छ। रुटमा भएको अवरोध हटाउन सके सप्तकोशी चतरामा चल्ने जेटबोर्ड र पानीजहाज संचालनमा ल्याउन सकिने स्थानीयको भनाइ छ।

जलयातायात संचालनमा आए ८ घण्टाको यात्रा ३ घण्टामै गर्ने सकिने संचालक घिमिरेको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.