|
File Photo

सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिक फिर्ता हुने क्रम शुरु भएको छ। गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्।

प्रवक्ता कर्णेल सीन रायानले जारी गरेको विज्ञप्तिमा सिरियाबाट अमेरिकी सेना फिर्ता हुन थालेको बताइएको छ। 'सुरक्षाका कारण कुनै समय तालिका, स्थान वा सैनिकको यात्राका बारेमा केही बताउन सकिन्न।'

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उत्तरपूर्वी हासाकेह प्रान्तको राइलान हवाई अखडाबाट सैनिकको संख्या घटाउन थालेको जानकारी प्राप्त भएको जनाएको छ।

'बिहीबार, केही अमेरिकी सैनिकहरुले उक्त हवाई अखडा छाडेका छन्,' अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले भने 'अमेरिकी राष्ट्रपतिको घोषणापश्चात अमेरिकी सैनिकको यो पहिलो फिर्ती हो।' गत डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा तैनाथ सबै अमेरिकी सैनिकलाई फिर्ता गर्न आदेश दिएका थिए। सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ छन्।

राष्ट्रपतिको उक्त घोषणाप्रति गठबन्धनमा आबद्ध राष्ट्रहरूले चिन्ता प्रकट गरेका थिए। राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेटसमेतका लडाकू समूहहरू परास्त भएकाले सिरियाबाट सैनिक फिर्ता गर्नुपरेको दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.