|

विराटनगर : सरकारले ब्याट्री पड्केर मृत्यु भएका मण्डल परिवारलाई एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मृतक मण्डलका परिवारलाई कोशी अञ्चल अस्पताल पुगेर तत्काल २५ हजार नगद हस्तान्तरण गरे। कार्कीले मृतक परिवारलाई एक लाख रुपैयाँ दिइने र घाइते ६ वर्षीया राधिका मण्डलको उपचार गरिदिने बताए। 

विराटनगर महानगरपालिका १५ बस्ने सुभाष मण्डलको ११ वर्षीय छोरा अमित मण्डलको शुक्रबार मोवाइलको ब्याट्री पड्कँदा मृत्यु भएको थियो। सोही स्थानका राजेश मण्डलको ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन्। उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। राधिकाको दुवै आँखाको पहिलो पत्र जलेको अस्पतालले जनाएको छ। 

शुक्रबार दिउँसो एक बजेको समयमा दुवै जना बालबालिका घरनजिकै परालको आगो तापिरहेको र आगो ताप्ने क्रममा उनीहरूले बाटोमा भेट्टाएको मोवाइलको ब्याट्री खेल्ने क्रममा आगोमा हाल्दा पड्कन गई दुवै जना गम्भीर घाइते भएका थिए। घाइतेलाई उपचारको लागि तत्काल कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.