|

पाँचथर : रूस्लान दसौँ फाल्गुनन्द गोल्डकपको उपाधि भीडन्तमा झापा–११ ले स्थान सुरक्षित गरेको छ। सरस्वती युथ क्लवसँग एक शुन्यको कठिन जीत निकाल्दै झापाले उपाधि भीडन्त पक्का गरेको हो। 

पाँचथरको फिदिमस्थित फिदिम माविको खेल मैदानमा भएको सेमिफाइनल चरणको पहिलो खेलमा झापाका क्याप्टेन कर्ण लिम्बूले खेलको ५३ औँ मिनेटमा सरस्वतीविरुद्ध एक गोल गरे। उनले गरेको गोल नै खेलको निर्णायक बन्यो। 

अब झापाले शनिबार (भोलि) रोयल फुटबल क्लव दार्जिलिङ भारत र त्रिभुवन आर्मीबीचको विजेतासँग उपाधिका लागि प्रतिष्पर्धा गर्ने छ। प्रतियोगिताको विजेताले नगद चारलाख र उपविजेताले दुइलाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.