|

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रारमा यमबहादुर कार्की पुनः पदबहाली भएका छन्। सर्वोच्चको आदेशअनुसार पूर्व रजिष्ट्रार डा. महेन्द्र मल्ललाई अदालतले पौष २४ गते विश्वविद्यालयको ऐन अनुसार हुने भनी आदेश दिएपश्चात कार्कीले शुक्रबार दोस्राे पटक निमित्त रजिष्ट्रारमा पुनः पदबहाली गरेका हुन्।

पदभार ग्रहणसँगै कार्कीले आफुले राजनीतिक आस्था वा अन्य कुनै पनि आधारमा कसैलाई पनि पक्षपात नगरी काम गर्ने बताएछन्। विगतमा विश्वविद्यालय बारम्बार तनावग्रस्त बनिरहेको बताउँदै सबैसँगको सहकार्यमा सबैको सहयोग लिएर तनावरहित विश्वविद्यालय बनाउने आफ्नो प्रयास हुने बताए। राम्रो र गुणस्तरीय शिक्षा दिने विश्वविद्यालय बनाउन लागिपर्ने छु भन्दै उनले भने,‘विश्वविद्यालयमा विद्यार्थीदेखि अन्य सरोकार सबैको सल्लाह र सहकार्य गर्ने मेरो योजना छ।’ ‘कसैलाई काखा र कसैलाई पाखा गराउने मेरो काम हुने छैन’ उनले थपे, ‘सबैपक्षसँग सहकार्य गर्ने र विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने थलोको रुपमा विकास गर्नेछु।’ रजिष्ट्रार कार्कीले समग्र विश्वविद्यालयको स्वार्थका लागि काम गर्ने बताए।

विश्वविद्यालयको ऐन नियमअनुसार काम गर्ने उनकाे प्रतिवद्धता छ। उनले विश्वविद्यालयलाई थप गुणस्तरीय बनाउन स्थानीय राजनीतिक दल, शिक्षक, वुद्धिजीवी, विद्यार्थी सबैसँग सहकार्य गर्ने बताए। यसैबीच, मध्यपश्चिम विश्वविद्यालयका १० ओटा आंगिक क्याम्सका समस्या छिट्टै सम्बोधन गरिने बताए। ‘आंगिक क्याम्पसमा अध्यापन गर्ने साथीलाई पीडा भएको मलाई थाहा छ’ उनले भने, ‘प्राविधिक समस्याका कारण केही समस्या देखिएको हो। त्यो समाधान हुन्छ। आवश्यक प्रक्रिया शुरु भइसकेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.