|

इलाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औँ चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ।

सत्याग्रह थालेका तेस्रो दिन डा. केसीको रक्तचाप कम हुँदै गएको र छातीमा समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन्। शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेका छन्। बुधबारदेखि इलामको फूलगाछीस्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय रहेको घरमा केसीले आफ्ना समर्थकको उपस्थितिमा सत्याग्रह सुरु गरेका हुन्।  

डा. केसीले सुगरको परीक्षण गर्न मानेका छैनन्। डा. केसीको सर्मथकमा पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुंगानाले उनकै अनशनस्थलमा ७२ घण्टे भोकहडताल थाल्ने भएका छन्। उनले भोक हडताल कहिलबाट बस्ने भन्ने मिति खुलाएका छैनन्। यता इलाममै डा. केसीको अनसनको विरोधमा काठमाडौंबाट आएका विजय थापाले भने अर्को अनशन थाल्ने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.