|

काठमाडौं :  सिरहाका आशिस ठाकुर अहिले २३ वर्षका पुगे। तर उनले व्यावसायिक क्षेत्रमा हात हालेको पाँच वर्ष पुगेको छ। सन् २०१४ बाट व्यावसायिक क्षेत्रमा हात हालेका उनी मिडियाले रेसपोन्स नगरेकै कारण मिडिया क्षेत्रमा काम गरे।

'स्कुल तथा क्याम्पस पढ्ने समयमा हामीले विभिन्न किसिमका क्रियाकलप गर्थ्यौं, अनि पत्रिकामा आओस् भन्ने लागेर मिडिया हाउस धाउने पनि गरियो' ठाकुर भन्छन् 'टिनेजर युवाले रेप गर्‍यो, चोरी गर्‍यो भनेर आउने पत्रिकामा टिनेजर युवालले यस्तो राम्रो काम भयो भनेर कहिले कभर भएन। आग्रह गर्दा बेवास्था गरियो।' यसैको कारण उनको टिमले ग्लोकल खबर अंग्रेजी अनलाइन पोर्टल चलाउने निर्णय गर्‍यो।

स्वयमसेवकको रूपमा काम गर्ने युवा खोजेर पोर्टल सुरु गरे। पोर्टलका सम्पूर्ण प्राविधिक कामहरू पनि स्वयमसेवकको सहयोगमा गर्ने गरेको उनी बताउँछन्। उनकी टिमको काम भनेको राम्रो काम गरेका किशोर किशोरीहरूको प्रोफाइल लेख्ने र अरूलाई कामप्रति प्रेरणा जनाउने हो।

तर स्वयमसेवाले मात्रै कति दिन धान्ने। उनको दिमागमा एउटा उपाय फुर्‍यो, कलेजमा गएर किशोरकिशोरीलाई करिकुलमभन्दा बाहिरका सीप सिकाउने। उनको प्रस्तावमा टिम पनि सहमत भयो। त्यसपछि सुरु भयो कलेज दौड। टिम मिलेर प्रपोजल तयार पारे उपत्यकाका विभिन्न कलेजमा पेस गरे। केही कलेजलाई उनको प्रस्ताव मन पर्‍यो सहकार्य गर्ने आमन्त्रण गरे।

'सिकाएका मान्छेले काम गर्न सक्ने पनि भए, हामीलाई पनि केही आम्दानी भयो' उनी सुनाउँछन्। उनका अनुसार त्यो समयमा उनीहरूले आठदेखि १२ लाख रुपैयाँसम्म क्याम्पहरूका कन्सल्टिङको काम गरेर कमाए।

तर त्यपछि भने उनीहरूले देशभरबाट टिनेजर हिरो खोज्ने काम सुरु गरे। जसअन्तर्गत प्रत्येक वर्ष 'ग्लोकल हिरो' घोषणा गर्ने गरिन्छ। 'मेचीदेखि महकाली पुगेर यसका विषयमा जानकारी गराउँछौँ र आवेदन माग्छौँ, त्यही आवदेनबाट २० वर्ष मूनीका २० जना छनोट गर्छौं' आशिषले भने 'समाज केही न केही योगदान गरेको भने हुनुपर्छ, त्यसमध्ये राम्रो गर्ने हिरोको रूपमा जुरीबाट सेलेक्ट गरिन्छ।'

राष्ट्रिय टेलिभिजनमा लाइभ गरेर समाजमा गरेको योगदानसहित हिरो घोषणा गर्दा अन्य किशोरकिशोरीलाई पनि प्रेरणा पुग्ने उनी बताउँछन्। उनको सपना नेपालका टिनेजर हिरोमात्रै हैन संसारकै हिरो खोज्ने रहेको छ। २०२० सम्ममा भने दक्षिण एसियाको टिनेजर हिरो खोज्ने र नेपाल ल्याउने उनले बताए। यस्तो कार्यक्रम गर्न कति रकम लाग्छ र कति रकम खर्च भइरहेको छ भन्ने विषयमा उनी बताउँन  चाहदैनन्। 'काम गर्दै जाने हो, कहिले १५/२० लाख पनि हुन्छ, कहिले ५०/६० लाख पनि' आशिष भन्छन्।

उनले अहिले युवालाई प्रेरणा दिनको लागि हस्पिटालिटी क्षेत्रमा समेत लगानी गरेका छन्। १२ बेडरुमसहितको होटल संचालन गरेका उनले भविष्यमा विस्तार गर्ने योजना बनाएका छन् भने पढेका युवालाई रोजगारीमा प्रवेश गराउने र उद्यमीलाई दक्ष श्रमिक भेटाइदिने सेतुको काम पनि गरेको उनले बताउँछन्। उनी आफ्नो समूहबाट तालिम दिन्छन् र उद्यमीले मागेअनुसार आवश्यक श्रमिक सिफारिस पनि गर्छन्।

उनको सपना केही वर्षमा प्राविधिक सिप सिकाउने कलेज संचालन गर्नु छ भने सन् २०२० भित्र दक्षिण एसिया टिनजर हिरो सेलेक्ट गरी नेपाल भित्र्याउने अभियानमा पनि उनी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.