|

दाङ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले बढ्दो प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताएका छन्। शान्ति सुधा बोडिङ स्कूल घोराहीले शुक्रबार आयोजना गरेको रजत महोत्वसमा सम्बोधन गर्नु दाङ आएका बखत दाङ उद्योग वाणिज्य संघले घोराहीमा आयोजना गरेको कार्यक्रममा डा. यादवले उद्योगीलाई वातावरणीय अवस्थालाई ख्याल राखेर मात्रै आफ्ना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरे।

दाङ निकै सुन्दर उपत्यका छ तर यहाँ ४/५वटा सिमेन्ट उद्योग छन्, सुन्दर ठाउँमा किन उद्योग खोलिए? उनले प्रश्न गर्दै भने, 'यसले यहाँको वातावरण सन्तुलन हुन दिन्छ त? डा यादवले आफ्नो पालामा शुरु भएको चुरे संरक्षण कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। चुरे क्षेत्रको जंगल मासिनु तथा ढुंगा, माटो उखनन गरिनुले भूक्षय, मरुभूमीकरण र जल सम्पदाको नाश भइरहेकामा दुखेसो व्यक्त गर्दै जलवायु असरको कारणले पनि व्यापार-व्यवसाय र कृषिमा घाटा लागेकाले यसमा चनाखो रहन उद्योगी व्यवसायीलाई आग्रह गरे।

पछिल्लो समयमा विकासको नाममा जथाभावी डोजर लगाइनुले पनि वातावरण विनाश भइरहेको छ भन्दै उनले वातवरणमैत्री विकासको आवश्यकता रहेको धारणा राखे। अर्काे प्रसंगमा डा यादवले भने, 'मेरो प्रमुख चाहना संविधान लागु होस्। सुशासन कायम रहोस्। स्वच्छ वातावरण होस्। देशको विकास तीव्र भएको देख्न पाइयोस् भन्ने नै छ।' 

सो अवसरमा संघका अध्यक्ष नारायण भुसालले  दाङ ५ नम्बर प्रदेशका सबै जिल्लाको बीचमा परेको र हावापानी राम्रो भएकाले दाङलाई प्रदेशको राजधानी बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.