|

पोखरा : ऐतिहासिक थलो गोरखाको पालुंटार नगरपालिका २ को लिगलिगकोट दरबार परिसरमा ४० फिट अग्लो नेपालको झण्डा निर्माण गरिएको छ। शुक्रबार राष्ट्रिय एकता दिवश तथा पृथ्वी जयन्तीको अवसरमा पालुङ्टार नगरपालिकाको सक्रियतामा झण्डा निर्माण गरिएको हो।

‘राष्ट्रिय एकता दिवसको अवसरमा ऐतिहासिक भूमि, सांस्कृतिक धरोहर र आधुनिक नेपालको उद्गमस्थल लिगलिगकोटमा नेपालकै ठूलो झन्डा मध्यको एक ४० फिट अग्लो राष्ट्रिय झन्डा राखियो,’ पालुङ्टार नगरपालिकाका प्रमुख इन्जिनियर दीपकबाबु कँडेलले भने, ‘समग्र पालुंटारको विकास लिगकोटको संरक्षण र विकासबाट मात्रै सम्भव छ। नेपाल इतिहासको  उत्गम थलोमध्येको लिगलिगकोट सरक्षणमा हामी लागि परेका छौँ। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै जनताका आर्थिक क्रियाकलापहरूमा अभिवृद्धि गर्दै समुन्नत, समृद्ध पालुङटार नगरपालिका बनाउने नगरपालिकाको योजना छ।’

झण्डोत्तलक नगर प्रमुख कँडेलले गरेका हुन्। राष्ट्रप्रतिको सम्मान र पर्यटन विकाससँगै लिगलिगकोटको प्रचार गर्न झण्डा निर्माण गरिएको मेयर कँडेलको भनाई छ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख पम्फा बसेल, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरूसँगै राष्ट्रसेवक कर्मचारीहरूको सहभागिता रहेको पालुंटार नगरपालिकाले जनाएको छ। सोही अवसरमा ‘लिगलिगकोट पालुङ्टार प्रवर्द्धन यात्रा –२०७४’ मा लिगलिगकोटबाट लिएर टिस्टा पुर्‍याएर पुनः लिगलिगकोट नै फर्काएर ल्याइएको नेपालको झण्डा नगरप्रमुख कँडेललाई यात्री किरण गिरीले हस्तान्तरण गरेका थिए। झण्डा पालुंटार नगरपालिकाले ११ लाख रुपैयाँ लागतमा निर्माण गरेको पालुंटार नगरपालिकाका इन्जिनियर निरज देवकोटाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.