|

जापानका विदेश मन्त्री तारो कोनो अर्को हप्ता रुसको भ्रमणमा  जानेभएका छन्। रुसी समकक्षी सेर्गेइ लाभरोभसँग उहाँले विवादित चार भूभागको बारेमा छलफल गर्नुहुने रुसको विदेश मन्त्रालयले जनाएको छ। 

रूस र जापानका बीचमा दोस्रो विश्वयुद्धपछि अहिले सम्म पनि कुनै शान्ति सम्झौता हुन सकेको छैन। सिमानामा पर्ने कुरिल्सलाई रूसले आफ्नो क्षेत्रमा पर्ने भूभागको रुपमा दावी गर्दै आएको छ भने जापानले पनि आफ्नो उत्तरी राज्यको रूपमा दावी गर्दै आएको छ। 

रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिज जाखारोभले भने, 'पहिलो चरणमा रुस र जापानका बीचमा रहेका समस्या समाधान गर्न शान्ति सम्झौता गर्ने बारेमा छलफल हुनेछ।'उनीहरूका बीचमा आउँदो सोमबार छलफल हुनसक्ने पनि प्रवक्ता जाखारोभले बताउनुभयो। उgले दुई देशका बीचमा हुन लागेको सम्झौताका बारेमा जापानी सञ्चार माध्यमहरूले गलत भूमिका खेलेको आरोप लगाए। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जापानी प्रधानमन्त्री सेन्जो आवेबीच गत नोभेम्बरमा भेटवार्ता भएको थियो। सो भेटका क्रममा उहाँहरुले दोस्रो विश्वयुद्धको विवादहरुलाई अन्त्य गर्न औपचारिक रुपमा छलफल गर्ने र सन् १९५६ मा भएको संयुक्त घोषणापत्रमा टेकेर सम्झौताको प्रक्रियालाई अगाडी बढाउने सहमति गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.