|

धनगढी : दुई वटा निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीको पहिलो बैठक शुक्रबार धनगढीमा सम्पन्न भएको छ। विगतका प्रदेश पदाधिकारीका निर्णयलाई अनुमोदन गर्ने र माघ २० गते अगुवा कार्यकर्ता भेला आयोजना गर्ने प्रदेश कमिटिको पहिलो बैठकले निर्णय गरेको हो। २० गतेको भेला सम्बोधनका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गर्नेसमेत प्रदेश कमिटीले निर्णय गरेको छ।

पहिलो बैठकमा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले प्रदेश कमिटीका सदस्यहरूलाई सपथ ग्रहणसमेत गराएका थिए। प्रदेश कमिटी बैठकले ८ वटा विशेष प्रस्तावहरू पारित गरेको छ।

सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाको अध्यक्षतामा सम्पन्न भएको पहिलो बैठकमा प्रदेश कमिटीका इञ्चार्ज रावल प्रमुख अतिथि रहेका थिए। बैठकमा स्थायी कमिटी सदस्य लेखराज भट्ट, प्रदेश कमिटी सचिव नेपबहादुर चौधरी र सहइञ्चार्ज लक्षिदत्त जोशीको समेत सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.