|

काठमाडौं : नेपालमा पहिलोपटक श्रीराम तारकब्रम्ह महायज्ञ हुने भएको छ। 

शुक्रबार जगत गुरु रामानन्दाचार्य सेवापीठ सुनसरी तथा महायोगी सिद्धबाबा आद्यात्मिक प्रतिष्ठान भक्तपुरले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी माघ २६ देखि फागुन ७ गतेसम्म सुनसरीको चतराधाममा पहिलोपटक महायज्ञ गर्न लागेको जानकारी दिएको हो। 

श्री श्री श्री १००८ बैष्णव डा. कृष्णदास महाराजले राष्ट्र, राष्ट्रियता र आत्म, आत्मियतासहितको मानव समुदाय विकसित हुनुपर्ने धारणा राखेका छन्।  उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र संस्कृति नेपालीको पहिचान भएको बताए। उनले भने, ‘हामी नेपालीले आफूलाई चिन्न छोड्दैछौं। अरुको प्रगतिमा दास हुन जादैछौं। जुन कुरा नेपालीको लागि महाघातक छ। समयमै आफुभित्र नेपालीपन खोज्नुपर्छ।’ 

सबैभन्दा पवित्र कर्म कृषि रहेको भन्दै डा. महाराजले भने, ‘नेपाल कृषिप्रधान देश हो। तर हामीले ८० प्रतिशत अन्न किनेर खानुपर्ने स्थिति छ। हाम्रो जीवनशैली कृषि हो। कृषि पेशा छोडेर अन्यत्र जाने काम भइरहेको छ। कृषिजस्ता पवित्र कर्म अरु कुनै छैन। कृषकलाई निरोगी बनाउँछ। अरुलाई पाल्न सक्ने पेशा यही कृषि हो। हामी हरित क्रान्तिमा जुटिरहेका छौं। हरित गृहमा बायुमण्डलीय प्रभावलाई रोक्न र प्राकृतिक सम्पदाको अविवेकपूर्ण दोहनबाट जोगाउमा सबैले ध्यान दिनुपर्छ।’ 

डा.महाराजले जात, पात उच निचरहित जीवन जीउन मानव एक भएर बाँचौं भन्ने हिन्दुधर्मको मुल मन्त्र भएकाले यसलाई कुनै व्यक्ति वा संस्थासँग जोड्न नमिल्ने बताए। त्यस्तै कार्यक्रममा जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवं महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले श्रीराम तारकब्रम्ह महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने बताए। 

उनले भने, ‘महायोगी सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज प्रधान संकल्पकर्ता रहेको यो महायज्ञ जगद्गुरु रामानन्दाचार्य सेवा पीठ वराहक्षेत्र चतराधाममा आगामी २०७५ माघ २७ वसन्त पञ्चमीदेखि सुरु भई २०७५ फागुन ७ गतेसम्म महायज्ञ लाग्ने संकल्पकर्ता रहनुभएको यो महायज्ञ जगद्गुरु रामानन्दाचार्य सेवा पीठ वराहक्षेत्र चतराधाममा आगामी २०७५ माघ २७ वसन्त पञ्चमीदेखि सुरु भई २०७५ फागुन ७ गतेसम्म महायज्ञ लाग्नेछ।’ 

जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तिवारीले भने, ‘आगामी माघ २५ गते वृहत शोभायात्राबाट हुने यस महायज्ञ र नवनिर्मित अतिथिगृह समेतको उद्घाटन हुनेछ। जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाम सुनसरी चतरामा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट हुनेछ।’ करिब ८ करोडको आर्थिक लागतमा सम्पन्न हुने महायज्ञमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित दुईहजार ५०० अतिथिहरुको उपस्थिति रहनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.