|

चितवन : उपप्रधान तथा रक्षामन्त्री ईश्वार पोखरेलले सरकारको कामकार्वाही अब चाँडै देखिने बताएका छन्। प्रेस चौतारी र प्रेस सेन्टर चितवनद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले सरकार विशेष परिस्थितिमा रहेकाले परिणाम देखिन समय लागेको बताएका हुन्।

'यसअघि जस्तो सरकार मात्रै परिवर्तन नभएर पूरै सिष्टम नै परिवर्तन भएकाले धेरै काम गर्नुपर्ने र यसलाई व्यवस्थित तरिकाले गर्दा केही समय लागेको छ' उनले भने, 'अब सरकारका काम चाँडै देखिने छन्।'

मुलुकमा राजनीतिक र संवैधानिक रुपमा भएका उपलब्धिहरू कार्यान्वयन चरणमा रहेकाले कानुन निर्माण लगायतका अन्य प्राविधिक कामहरू भइरहेको उनको भनाई छ। सरकारको कामकार्वाहि प्रभावकारी नभएको गुनासो आइरहेका बेला रक्षामन्त्री पोखरेलले काम तीव्र गतिमा भइरहेकाले अब चाँडै जनताले महसुस गर्ने दावी गरे।

नेपाली सेनालाई दिइएको राष्ट्रिय गौरवको आयोजना फाष्ट ट्राक निमार्णको काम सन्तोषजनक रुपमा अघि बढिरहेकाले निर्धारीत समयमा नै सम्पन्न हुने विश्वास पनि व्यक्त गरे। यस्तै उनले पार्टी एकताको काम पनि जतिसक्दो चाँडो सम्पन्न गर्नेगरी काम भइरहेको बताए। 'कम्युनिष्ट विचारधारका भए पनि दुवै पार्टी छुट्टाछुट्टै पुष्ठभूमि र कार्यशैली भएकाले केही समय लागेको मात्रै हो', उनले भने, 'पवित्र चाहानाले मात्रै नहुनेरहेछ प्राविधिक कुरा पनि मिलाउनुपर्छ, त्यसैले केही समय लागेको हो। कार्यदलले गम्भीर भएर काम गरीरहेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.