|

दाङ : माघी पर्वको अवसरमा देउखुरी क्षेत्रका पूर्वमुक्त कमैया, कमलरी, गरिब, बिपन्नका छोरा छोरीलाई साइकल वितरण गरेको छ। क्रियटिङ पोसिबिलिटिज नेपालले माघी पर्वको अवसरमा शुक्रबार गढवा गाउँपालिका ५ बाँकीमा ७० वटा साइकल वितरण नेपालका निर्देशक दिनेश सापकोटाले बताए।

विगत ५ वर्षदेखि देउखुरी क्षेत्रका मुक्त कमलहरी तथा विपन्न वर्गका परिवारलाई क्यानडा र नेदरल्याण्डको सहयोगमा यस्तो सहयोग गर्दै आएको उनले बताए। हालसम्म ४९६ वटा साइकल विद्यार्थीलाई वितरण गरेको उनले बताए।

विद्यालय जाने बालबालिकालाई प्रोत्साहन गर्न साइकल वितरण गरिएको उनले बताए। चौधरी जातिमा टाउँकोमा भारी बोक्ने प्रचलन रहेको हुँदा साइकल हुँदा कुटनी पिसनी लगायतका घरायसी काममा समेत साइकल प्रयोग गर्न सकुन भन्ने उद्देश्यले साइकल उपहारस्वरुप निशुल्क प्रदान गरिएको  निर्देशक सापकोटाले बताए।

यसरी निशुल्क साइकल पाउँदा आफू निकै खुशी भएको जनज्योति मावि मटेरीयामा कक्षा ६ मा अध्यनरत अमृता कुमाल बताइन्। 'साइकल नहुँदा आफू पहिले हिडेरै स्कुल जानुपर्थ्यो, धेरै समय लाग्दथ्यो तर अब साइकल चढेर जान पाइने भयो' उनले भनिन्। त्यस्तै साइकलको प्रयोगले विद्यालय जान आउन र मेलापात गर्न पनि सजिलो हुने  जनता मावि गढमा कक्षा ६ मा अध्ययनरत पुनम चौधरीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.